समृद्ध समाजको स्थापना, पुष्कर सहकारीको चाहाना   समृद्धि समाजको स्थापना, पुष्कर सहकारीको चाहाना  

Pushkar Saving & Credit Cooperative Ltd.

 Go Back

सहकारी आन्दोलनमा महिला सहभागिता र चुनौती

एकल प्रयासले परिवर्तनका लागि भूमिका तयार गर्न सक्छ तर समूहको साथ पायो भने परिवर्तन सम्भव हुन्छ । यहि नै सहकारीताको सवल पक्ष हो । यहाँ उठाउन खोजिएको विषय सहकारीतामा सहभागिता र सहभागितामा महिला सहभागिता बृद्धिको विषय हो । हुन त विश्वव्यापी रुपमा जकडिएकोे पुरातन सोच र संस्कार, आर्थिक क्षेत्रमा महिलाहरुको कमजोर पहुँच, सामाजिक संरचना, लैंङगिक भेदभाव र पर निर्भरताका कारण यो विषय जटिल छ तापनि एक हातले ताली नबजेझैं सहकारी आन्दोलनको माध्यमद्वारा श्रम र शोषणरहित वातावरणमा विभेद नहुने गरी उुत्पादनका कार्यक्रम संचालन गर्न, समुदायसम्म राहत पु-याउन, सहकारी पद्धतीलाई प्रभावकारी बनाउन महिला सहभागिताको अनिवार्यता छ ।

विश्वमा सहकारीताको विकास सम्वन्धमा सरर्सर्ती अध्ययन गर्दा सन् १८४४ मा वेलायतको रोचडेल भन्ने गाउँमा "रोचडेल इक्विटेवल पायनियर" भन्ने सहकारी संस्थाबाट सूरु भएको सहकारीता वि.स. २०१० सालमा सहकारी विभागको स्थापनासँगै नेपालमा सहकारी विकासको आधिकारीक सूरुवात भएको पाईन्छ । सन् १८९५, अगस्त १८ मा ICA को स्थापना भए पश्चात हाल आएर १०२ देशका २५१ राष्ट्रिय र ४ अन्तराष्ट्रिय स्तरका संगठनहरुका ८० करोड भन्दा बढी सदस्यहरु आवद्ध भैसकेका छन् । नेपालले सन् १९९७ मा ICA को सदस्यता प्राप्त गरेको थियो । यस बीचमा क्ष्ऋब् ले ग्लोवल ३०० जस्ता महत्वकांक्षी योजना समेत घोषणा गरी सकेको छ ।  क्यानडा, फिनल्याण्ड, जर्मनीर्,र् इन्डोनेसिया, जापान, केन्या, मलेसिया, न्यूजिल्याण्ड, सिंगापूर, वेलायत, भारत जस्ता कैयन देशमा सहकारीताकै माध्यमद्वारा राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलै मद्धत पुगेको छ । सहकारीले विश्वमा १० करोड भन्दा बढीलाई रोजगारीको अवसर दिलाएको आँकडा भेटिन्छ ।

सहकारीमा महिलाहरुको संलग्नता र हालसम्मको प्रयासः
ईटालीको रोममा जुन ५-६, २००८ मा भएका ICA को साधारण सभाबाट अनुमोदित Article 2 उदेश्य अर्न्तर्गत पाचौं बुँदामा महिला र पुरुषलाई बरावरी रुपमा निर्ण्ाायक तहमा पु-याई सहकारी आन्दोलनमा सरिक गराउनु रहेको छ । सन् १९७५-८५ को बर्षाई संयुक्त राष्ट्र संघले महिला दशक बर्षो रुपमा मनायो जस्को कारण थियो केहि अपवादलाई छोडेर विश्वमा महिलाहरुको अवस्था पुरुषको दाँजोमा कमजोर छ र कतिपय देशमा त महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिईन्छ । ICA को अध्ययनमा खासगरी पुरुषहरु नगदी वालीमा र महिलाहरु खाद्यान्न बालीमा सरिक हुने र महिलाहरु नगदी बालीमा सरिक हुँदा पनि श्रमिक वा मजदुरको रुपमा मात्र सिमित हुनाले पनि व्यावसायिक एवं आर्थिक क्षेत्रमा महिलाहरुको अवस्था कमजोर हुनाले सहकारीमा सक्रिय सदस्यको रुपमा महिलाहरुको उपस्थिति न्यून भएको हो । त्यसै गरी जग्गा जमिन माथिको स्वामित्व महिलाहरुमा अतेन्त न्यून हुनु र घरेलु काममा मात्र सिमित हुनु पनि अर्को मूल कारण देखाईएको छ । यस्तो अवस्था खासगरी एसिया र अफि्रकी देशमा बढी भएको अध्ययनले देखाएको छ ।

FEb 18th 2003 मा फिलिपिन्सको सेबु सहरमा भएको तेस्रो ICA क्षेत्रीय महिला फोरमको बैठकमा १० देशका करीव १०० महिलाहरु -भारत, फिलिपिन्सर्,र् इन्डोनेसिया, थाईल्याण्ड, मलेशिया, श्रीलंका, जापान, स्वीजरल्याण्ड, सिंगापोर, कुवेत र क्यानडा) सहभागी रहेको बैठकले पनि सहकारीमा महिलाहरुको संलग्नता कम हुनुको कारण माथि विस्तृत छलफल गरेको थियो । त्यस बैठकमा अन्यर् इन्टरपर््राईजेजले भन्दा बढ्ता सहकारीले नै महिलाहरुको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पु-याउँछ भन्ने निष्कर्षनिकालिएको थियो । सहकारीमा महिला नेतृत्व विकास र महिला ससक्तिकरणसँग सम्वन्धित नीति तथा कार्यक्रम तयार गरी लागू गर्न निर्देशन गरी उक्त फोरमको बैठक सम्पन्न भएको थियो ।

सहकारीतामा महिला सहभागिता बृद्धि सम्वन्धमा हालसम्म थुपै्र अध्ययन, अनुसन्धान एवं कार्यपत्र प्रस्तुत गर्ने कार्य भएका छन् । सन् २००६ मा श्रीलंकाको कोलोम्वोमा भएको ICA को चौथो Research Conference मा पनि खासगरी भारतीय महिलाहरुको सहकारीमा दुग्धजन्य आन्दोलनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यसै गरी सन् १९९४ मा भएको विश्व र्सर्भेक्षणमा विकासमा महिलाहरुको भूमिका किन न्यून रहेको छ भन्ने विषयमा अध्ययन गर्दा ३ बटा महत्वपर्ूण्ा कारणहरुलाई दर्शाईएको छ । तिनीहरुमाः पुरुष प्रदान सस्कृति, पूरातन भेदभावपर्ूण्ा नीतिले लगातार प्रशय पाउनु र आर्थिक व्यवस्थापनमा महिलाहरुलाई बन्चित गरिनु रहेको छ ।

अफि्रकी देश केन्याको अवस्था प्राय सवैलाई थाहा नै हुनर्ुपर्छ । पश्चिमी केन्याको सिआया भन्ने दर्ुगम क्षेत्र जहाँको जनसंख्या ७,५०,००० रहेको छ उक्त क्षेत्र गरिवी, भोकमरी, स्वास्थ्य सेवा तथा शिक्षाबाट बन्चित क्षेत्र हो । यसैको कारण ICA ले सन् १९९४ मा स्वास्थ्य तथा सरसफाई एवं सन् १९९५ मा कृषि आयोजनामा १५ वटा महिलाहरुको समुहबाट संचालन ग-यो । त्यसैगरी सन् १९९६ को अक्टोवरमा सानो अनुपातमा पशुपालन आयोजनामा महिलाहरुको समुहबाट लगानी एवं कार्य थालनी गरियो । यसबाट केन्याको उक्त दर्ुगम क्षेत्रको आर्थिक अवस्था सुध्र्रियो फलतः त्यसपछि शिक्षा, परिवार नियोजन, संतुलित भोजन लगायत अनेकन तालिमहरु प्राप्त गर्दै गए जस्को कारणबाट पुरुषहरुमा समेत चेतना बृद्धि हुँदै गयो र अन्तमा ICA को पहलमा संचालित सबै आयोजनाहरु सफल भै त्यहाँको जीवनस्तर माथि उठ्यो ।

महिलाहरुको सहभागितामा व्यवधान पु-याउने तत्वहरुः
निर्ण्ाायक तहमा ग्रामिण महिलाहरुको सहभागिता विषयक १९९८ को सेप्टेम्वर ३० देखि अक्टोवर ३ सम्मको आयरल्याण्को आर्मेनिया सहरमा भएको कार्यक्रममा महिलाहरुको सहभागिता कम हुनाका ४ बटा कारणहरु दर्शाईएका थिए । तिनीहरुमा Culture, Confidence, Children / Cash लाई कारकतत्व मानिएको थियो । त्यस बाहेक बच्चाहरुको हेरचाह गर्ने सुविधा प्राप्त नहुनु, रोजगारीको अवसर प्राप्त नहुनु, सरल यातायातको सुविधा नपाउनु, लगातार शिक्षा हासिल गर्न नपाउनु लगायतका कारणहरु समेत दर्शाईएका थिए । संसारमा भएका यस्तै विविध कारणबाट क्ष्ऋब् को महिला कमिटीबाट १९८३ मा भएको जेनेभा बैठकबाट एउटा राजनैतिक स्लोगान नै अघि बढायो कि तेस्रो विश्वको सहकारीता विकासमा महिलाहरुको पनि वरावरी हिस्सा हुनर्ुपर्छ । अतः माथि उल्लेखित तत्वहरुको गहिरो विश्लेषण गरीे राष्ट्रिय स्तरमा समाधानको खोजी गरिनर्ुपर्दछ ।

नेपालमा राष्ट्रिय सहकारी संघको भूमिका र गर्नुपर्ने कार्यहरुको सम्वन्धमाः
अन्तराष्ट्रिय सहकारी आन्दोलनमा भएका घटनाहरुको अध्ययन र यस विचमा ICA ले प्रतिपादन गरेका सिद्धान्तलाई आत्मसाथ गर्दै नेपालमा पनि राष्ट्रिय सहकारी संघबाट केहि महत्वपर्ूण्ा कार्यहरुको थालनी भएको अनुभव गर्न सकिन्छ । राष्ट्रिय सहकारी संघले भोग्नु परेको आर्थिक संकट र सिमित जनशक्तिका कारण सोचे अनुरुप काम कार्यवाही गर्न कठिनाई परेता पनि सहकारीमा महिलाहरुको सक्रिय सहभागिताको लागि जोड दिदैं आएको छ । अन्तराष्ट्रिय स्तरमा महिलाहरुको लागि भ्रमण गराउने व्यवस्था, तालिम, सेमिनार तथा गोष्ठीमा महिला सहभागिता बृद्धि गर्न पहल र नेतृत्व तहमा महिलाहरुको उपस्थिति बलियो भएका सहकारीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यको थालनीले निश्चय नै महिला सहभागिता अभिवृद्धिमा जोड दिनेनैछ । भौगोलिक संरचना, गरिवी, अशिक्षा एवं उपयुक्त सूचनाको अभावमा हाल सहकारीताको बारेमा थोरैले मात्र बुझेका छन् । त्यसैले सहरी क्षेत्रमा भन्दा पनि ग्रामिण क्षेत्रमा सहकारी शिक्षा, तालिम, सेमिनार, गोष्ठीहरु एवं सहकारी चेतना मूलक कार्यक्रमको आयोजना गर्ने  कार्यको थालनी पनि राष्ट्रिय सहकारी संघको अर्को सवल पक्ष हो ।

सहकारीतामा महिलाहरुको गुणात्मक संख्या बृद्धि गर्न गरिनुपर्ने कार्यहरुः
नेपालमा २०४८-४९ पछिको अवस्थामा आएर संख्यात्मक रुपमा सहकारीको विकास भए पनि गुणात्मक रुपमा सहकारीताको विकास उल्लेख्य रुपमा हुन सकेको छैन । पर्याप्त श्रोत साधनको अभाव, अनुगमन गर्ने निकायको कमी कमजोरी र सहकारी शिक्षाको अभाव नै यस्का ज्वलन्त कारणहरु हुनसक्छन् । महिलाहरुलाई किन र कसरी नेतृत्व तहमा पु-याउन सकिन्छ भन्ने ज्ञानको अभाव एकातर्फछ भने अर्को तर्फपुँजी माथि नियन्त्रण नहुनु पनि हो । अतः निम्न लिखित कारक तत्वहरुको विश्लेषण गरेर सहकारी आन्दोलनमा महिलाहरुको सहभागिता बृद्धि गर्न र नेतृत्व तहमा पु-याउन सकिने देखिन्छ ।

  1. नेपालमा कार्यरत सहकारी संस्थाहरुमा महिलाहरुको उपस्थिति सदस्यको रुपमा, कर्मचारीको रुपमा, निर्ण्र्ाातहमा के कति संख्या छ सो को आधिकारीक विवरण तत्काल तयार पार्नुपर्दछ ।
  2. के कस्तो प्रकृतिको सहकारी संस्थामा महिलाहरुको संख्या बढी र के कस्तो प्रकृतिको सहकारी संस्थामा महिला सदस्यहरु कम छन् सो को विवरण तयार गरी अध्ययन विश्लेषण हुनर्ुपर्दछ ।
  3. महिलाहरुबाट मात्र संचालित सहकारी संस्थाहरुको छुट्टै विवरण तयार पारी उपलब्धीको मूल्याङ्कन हुनर्ुपर्दछ ।
  4. कुनै सहकारी संस्थामा प्रवेश गर्न कानुनी वाधा अड्चन, परंपरागत वा धार्मिक वाधा अड्चन छन् भने सो को अध्ययन गरी निराकरणका उपायहरुको तत्काल खोजी गर्नुपर्दछ ।
  5. फरक फरक प्रकृतिको छुट्टाछुट्टै सहकारीमा महिला सदस्यता प्राप्त गर्न तिर्नुपर्ने सदस्यता शुल्क, खरीद गर्नुपर्ने शेयर संख्या, रकम, सदस्यको नाममा हुनुपर्ने स्थिर सम्पत्ति लगायतका प्रावधानहरु के कस्तो छ सो को अध्ययन रिपोर्ट तयार गर्नुपर्दछ ।
  6. सहकारीको माध्यमद्वारा ग्रामिण महिलाहरुको आर्थिक अवस्था सुधार्न सकिने संभावना, क्षेत्र र तरिकाको बारेमा जनचेतना जगाउने खालको सरल सूचनामूलक सामग्रीको उत्पादन र वितरण गरिनर्ुपर्दछ ।
  7. महिलाहरुको आवश्यकतालाई सम्वोधन गर्ने खालका कार्यक्रमहरु सहकारीको माध्यमबाट संचालन गर्नुपर्दछ ।
  8. घरेलु शिप विकास र आधुनिक कृषि प्रणालीमा सहकारीताको माध्यमद्वारा गर्न सकिने आर्थिक क्रान्तिको अन्तराष्ट्रिय प्राक्टिसलाई सरल रुपमा बुझाउनु र भित्राउनर्ुपर्दछ ।
  9. नविनतम् उपायको खोजी एवं सम्भावनाको लागि किशोरी महिलाहरुलाई सहकारीमा प्रवेश गर्ने अवसर दिलाउनर्ुपर्दछ ।
निष्कर्ष
विश्व सहकारर्ीर् इतिहासमा हालसम्म थुप्रै अध्ययन, अनुसन्धान र रणनीति तयार भएका छन् । ICA को स्थापना भए पश्चात सहकारीले विश्व अर्थतन्त्रमा नै तहल्का मच्चाउने खालका नविनतम् योजना सहित आफ्नो उपस्थिति जनाएको छ । इजरायल र जापानले सहकारीताको नमूना नै प्रस्तुत गरेको छ । यति हुँदा हुँदै पनि सहकारीमा महिला सहभागिता र नेतृत्व तहमा महिलाहरुको संख्या न्यून रहेको अध्ययनले देखाएको छ । अतः सहकारी क्षेत्रमा कार्यरत मुलुकका अगुवा संस्थाहरु र छाता संगठनहरुबाट यस सम्वन्धमा गतिशिल कार्यक्रमहरु प्रस्तुत गर्नुपर्दछ भने सरकारले पनि तत्काल स्पष्ट र राष्ट्रिय लक्षसँग मेलखाने गरी राष्ट्रिय सहकारी नीति ल्याउनु पर्दछ ।


- श्याम शंकर गिरी
(अध्यक्ष)
पुष्कर बचत तथा ऋण सहकारी संस्था लि.
सरस्वतीनगर, पेप्सीकोला



News & Events

अध्ययन अवलोकन तथा तालिम कार्यक्रममा सहभागी हुन चाहने सदस्यको लागि सूचना

सूचना! सूचना!! सूचना!!!

संस्थागत बिकास तालिमबारे छोटो जानकारी

New Year 2072 Program

Fifth Annual Meeting Reports

Downloads

Contact Information

Pushkar Saving and Credit Co-operative Ltd.
Ka. Ma. Na. Pa. - 35, Pepsocola, Kathmandu, Nepal

+977-01-5156123

info@pushkarsaving.coop.np

www.pushkarsaving.coop.np