समृद्ध समाजको स्थापना, पुष्कर सहकारीको चाहाना   समृद्धि समाजको स्थापना, पुष्कर सहकारीको चाहाना  

Pushkar Saving & Credit Cooperative Ltd.

 Go Back

सहकारी र यसका जोखिमहरु

सहकारी र यसका जोखिमहरु

परिचयः

सह-कार्य अर्थात सहकारीताले  आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । 'एकका लागि सवै रसवैका लागि एक' भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हर्टाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको वारेमा विभिन्न विद्वानहरुले आ-आफ्नो धारणहरु व्यक्त गरेका छन् । ज्भलचथ ऋबखिभचत का अनुसार, "सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।"

(“Cooperative is form of organization where in person voluntarily associate together as human beings on the basis of equality for promotion of economic interest of themselves”.)

अन्तराष्ट्रिय श्रम संगठन (International Labour Organization – ILO) ले सहकारीको परिभाषा यसरी दिएको छ, "सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन् ।"

(“A cooperative is an association of persons usually of limited means who have voluntarily joined together to achieve a common economic and through the formation of a democratically controlled business organization, making equitable contributions to the capital required and accepting a fair share of the risks and benefits of the undertakings.”)

अन्तराष्ट्रिय सहकारी महासंघको बेलायतको मेन्चेष्टरमा सन् १९५५ मको सेप्टेम्वर महिनामा भएको महासभाबाट सहकारीको परिभाषा यसरी गरिएको छ, (“A cooperative is an autonomous economic, social and cultural needs and aspirations through a jointly owned and democratically controlled enterprise.”)

नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, "देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले र्सवसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले" .......... यो ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकाक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उथ्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

ऐतिहासिक पृष्ठभूमिः
मानव सभ्याताको शुरुवात सँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाईन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सह कार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको शुरुवात प|mान्स, बेलायत, जर्मनी आदि देशबाट शुरु भएको पाईन्छ । सन् १४९८ मा बेलायतको Abrdeen मा स्थापना भएको The Shore Porters Society नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाईन्छ । सहकारीको विकाश सँगै बेलायतमा सन् १८३२ मा स्थापित Lockhurst Lane industrial cooperative Society र १८३९ मा स्थापित Galashiels and Hawik cooperative Societies हाल सम्म पनि संचालनमा छन् । यी दुवै सहकारीको नाम भने परिवर्तन भई हल क्रमशः Heart of England Cooperative Society / Lothian, Boarders and Argus Cooperative Society रहेका छन् । Robert Owen लाई सहकारी आन्दोलनका पिता भनिन्छ उनी कपास व्यापारी थिए र उनले आफ्नो व्यापारमा संलग्न कर्मचारीहरु र तीनका बालबच्चाहरुलाई शिक्षा सहितको राम्रो वातावरण दिनुपर्ने विचार अघि सारे र त्यसै अनुरुप New Lanark Scotland को कटन मिलमा संसारकै पहिलो Cooperative Store खोले । पछि William King ले पनि Robert Owen को विचारलाई निरन्तरता दिई सहकारीमा विभिन्न नियमहरु बसाले । सन् १८४४ मा बेलायतमा Rochdale Society of Equitable Pioneers नामक सहकारी संस्था स्थापना भयो । यसले Rochdale Principles निर्माण गरी सहकारी आन्दोलनलाई स्थापित ग-यो । त्यसै गरी जर्मनीमा F.W Raiffeisen ले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामिण जनतालाई शोषणबाट मुक्त गराए । उनलाई आजसम्म पनि विश्वभर बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ ।

नेपालमा सहकारी संस्थाको विकाशक्रमलाई हर्ेर्ने हो भने वि.सं. २०१० सालमा योजना विकाश तथा कृषि मन्त्रालय अर्न्तर्गत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकाशको थालनी भएको पाईन्छ । तात्कालिन नेपाल सरकारले २०१३ सालमा "सहकारी गठन, दर्ता र संचालन आदेश" जारी गरेको र सोही कानूनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई संचालन भएको थियो । वि.सं. २०१६ सालमा सहकारी ऐन २०१६ तर्जुमा भई भइ सहकारीको स्थापना र संचालन सम्बन्धी नियम तर्जुमा भएको थियो । तत्कालिन राजनैतिक अस्थिरताको कारण सोचे अनुरुप सहकारीको संस्थागत विकाश हुन सकेन । पछि २०४१ सालमा आएर सहकारी ऐन २०१६ खारेज गरी साझा संस्था ऐन २०४१ जारी गरियो । जस अनुरुप कम्तिमा १५  जना सदस्य भएको औधोगिक साझा संस्था र कम्तिमा २५ जना सदस्य भएको अन्य साझा संस्था गठन गर्न सकिने व्यबस्था थियो भने ५ वटा संस्थाहरु सदस्य भएको जिल्ला साझा संघ र कम्तिमा १५ वटा जिल्ला साझा संघहरु सदस्य भएको राष्ट्रिय साझा संघ गठन गर्न सकिने प्रावधान थियो । साझा संस्था ऐन २०४१ लाई खारेज गरी वि.सं. २०४९ साल जेष्ठ २ गते सहकारी ऐन २०४८ जारी गरियो जुन ऐन बर्तमान अवस्थामा सहकारीको संस्थागत विकास गर्न क्रियाशील रहि आएको छ । हाल सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अनुशरण गर्दै देशभर बचत तथा ऋण र अन्य गरी करीब १५ हजार सहकारी संस्था खुलेका छन् । जस मध्ये ८ हजार भन्दा बढि बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् भने उपत्यकामा मात्र करीब ४ हजार सहकारी संस्थाहरु खुलेका छन् । डिभिजन सहकारी कार्यालयको तथ्याङ्क अनुसार रु ५ करोड भन्दा बढि रकम कारोबार गर्ने सहकारी उपत्यकामा मात्र १०० वटा भन्दा बढि रहेका छन् । यिनिहरुले अर्थतन्त्रमा खरबौको रकम परिचालन गरिरहेका छन् । यसरी थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै-थोरै बचत संकलन बाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो र्टार्न सहकारी राम्रो माध्यम बनेको छ । यसै तथ्यलाई आत्मसाथ गरी नेपाल सरकारले अर्थतन्त्रका तिन खम्बे नीति अर्न्तर्गत सहकारीलाई प्रमूख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको छ ।

सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरुः
सहकारी संस्थाहरु स्वावलम्बन, स्व-उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्दछन् । सहकारीका मूल्य मान्यताहरुलाई कार्यरुपमा उतार्न यसका सिद्धान्तहरुले मार्गदर्शन गरिरहेका छन् ।

१. स्वैच्छिक तथा खुला सदस्यता (Voluntary and Open Membership)
सहकारी संस्था एक स्वच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ । जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन । संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जो सुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन् । यसको सदस्यता सदैव खुल्ला हुन्छ ।

२. सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण (Democratic Member Control)
यस सिद्धान्त अनुसार सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाईन्छ । सदस्यहरु मध्ये बाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उप समितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति निर्ण्र्ाातय गरी लागू गरिन्छ र्। एकका लागि सवै र सवैका लागि एक' भन्ने सिद्धान्त अर्न्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको अधारमा समान मताधिकार हुन्छ ।

३. सदस्यको आर्थिक सहभागिता (Economic Participation by Member)
यस सिद्धान्त अनुसार सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सवैको साझा हुन्छ । सहकारी संस्था सेवामूलक व्यबसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यबस्था गरिन्छ ।

४. स्वायत्तता र आत्मनिर्भरता (Autonomy and Independence)
सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुन सँग नबाझिने गरी यसको सञ्चालन, सर्म्वर्द्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ । यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शि तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ ।

५. शिक्षा, तालिम र सूचना (Education, Training and Information)
सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसुचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ । सहकारीको सञ्चालन, लाभ तथा विकासको वारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन् ।

६.सहकारी संस्थाहरुका वीच सहयोग (Cooperation among Cooperatives)
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरु वीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा संचालन हुन्छन् । विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई मर्ूतरुप दिन योगदान पु-याउछन् ।

७. समूदाय प्रति चासो (Concern For Community)
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रंति पर्ूण्ा चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हीतको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् ।

सहकारीका जोखिमहरुः
नेपाल जस्तो भौगोलिक विकटता र विविधता भएको देशमा राज्यले सहकारी क्षेत्रलाई आकर्षा गरेर यसलाईनै गरीबी निवारणको प्रमुख माध्यम बनाईनु पर्छ । तर सहकारीको विकासको लागि वि.सं. २०१० सालमा सहकारी विभाग गठन भएता पनि २०१७ सालमा पञ्चायत ब्यबस्थाको प्रार्दुभाव तथा राज्यद्धारा नियन्त्रित र निर्देशित रुपमा सहकारी संस्थालाई गरिएको दुरुपयोगको कारण सहकारीले यसको सिद्धान्त अनुरुप गति लिन सकेन । वि.सं. २०४८ सालमा सहकारी ऐन आएपछि सहकारी संस्था खुल्नेक्रम जारी भयो तर यसको लागि सरकारी तवरबाट प्रशिक्षण, पर्ूवाधार तथा आवश्यक विकासको अभावले सहकारी संस्था झनै अव्यबस्थित र अनियन्त्रित भई अर्थब्यबस्थाको समस्याको रुपमा रहेका छ । हाल च्याउसरी उम्रेका सहकारी संस्थाहरुको उचित व्यबस्थापन गर्न सरकार तथा सम्ब



News & Events

अध्ययन अवलोकन तथा तालिम कार्यक्रममा सहभागी हुन चाहने सदस्यको लागि सूचना

सूचना! सूचना!! सूचना!!!

संस्थागत बिकास तालिमबारे छोटो जानकारी

New Year 2072 Program

Fifth Annual Meeting Reports

Downloads

Contact Information

Pushkar Saving and Credit Co-operative Ltd.
Ka. Ma. Na. Pa. - 35, Pepsocola, Kathmandu, Nepal

+977-01-5156123

info@pushkarsaving.coop.np

www.pushkarsaving.coop.np