समृद्ध समाजको स्थापना, पुष्कर सहकारीको चाहाना   समृद्धि समाजको स्थापना, पुष्कर सहकारीको चाहाना  

Pushkar Saving & Credit Cooperative Ltd.

 Go Back

सहकारीताको परिभाषा भित्र नेतृत्वको भूमिका

सहकारीताको परिभाषा भित्र नेतृत्वको भूमिका सफलता, उन्नती र प्रगतिको विगुल फुक्दै, आफु पनि बाँच र अरुलाई पनि बाँच्न देउ भन्ने भावनाका साथ  मनुष्यलाई सधैं अगाडि बढ्ने प्रेरणा प्रदान गर्नु नै वास्तवमा भन्ने हो भने सहकारीताको ठूलो धर्म हो । "एकको लागि सबै र सबैको लागि एक" सहकारीको मूल मन्त्र हो ।

अंग्रेजीमा एउटा भनाई छ,
"Coming together is a beginning,
Keeping together is progress,
Working together is success,
Together everyone achieves more"

हिन्दी भाषामा सहकारी शब्दलाई यसरी परिभाषित गरिएको छ ,
स- संकल्पको साकार करना
ह- हरित क्रान्ती
का- काले अवगुणका ह्रास
री- रिद्धी और सिद्धी

विश्वकोर् इतिहास पल्टाएर हर्ेर्ने हो भने जब बेलायतमा १८४४ मा औद्योगिक क्रान्ति भयो तवदेखि उपभोक्ता सहकारीको सुरुवात भएको पाईन्छ । त्यो भन्दा पनि अगाडि बढेर सहकारीको बारेमा जान्ने हो भने सामुद्रिक भरियाहरुको सोर्साईटीको दावी अनुसार १४९८ मै विश्वमा पहिलो सहकारी संस्थाको स्थापना भैसकेको थियो, त्यसपछि मार्च १४, १७६१ मा पहिलो उपभोक्ता सहकारी संस्थ्ाा स्थापना भयो र १८३० को दशकसम्म आईपुग्दा सयौं सहकारी संस्थ्ााको स्थापना भईसकेको भनिन्छ तर १८४४ मा जब रोचडेल सोर्साईटीले रोचडेल सिद्धान्तको स्थापना गरे त्यस पश्चात त्यसैको जगमा टेकेर आधुनिक सहकारीताको विकास भएको आधिकारीक ठम्याई छ ।

स्कटल्याण्डका रोभर्ट वभेनलाई सहकारी आन्दोलनको पिता मानिन्छ । त्यसपछि रोभर्ट वभेनको क्ष्मभब लिएर विलियम किङ्गले सहकारी आन्दोलनलाई कार्यशिलता र व्यवहारिक तुल्याए । त्यसपछिको झण्डै १४० बर्षो अन्तरालमा सहकारीताले विश्वमै उथलपुथल मच्चायो । आज विश्वका कयौं देशमा सहकारीको जि.डि.पि मा महत्वपर्ूण्ा हिस्सा ओगटेको छ । स्पेन, युगोस्लाभिया, वेलायत लगायतका युरोपेली देशहरुमा मात्र नभई एशियाका जापान, बंगलादेश, भारत लगायतका थुप्रै देशमा सहकारी आन्दोलन र सहकारीताको माध्यमबाट राष्ट्रको विकास संभव भएको छ ।

सहकारीको सप्तरंगी झण्डाले विश्वमा सत्य, प्रेम, अहिंसा, शान्ती, न्याय, प्रगती र समृद्धिको संदेश फिंजाई रहेको छ । हातमा हात मिलाएर साथसाथै बढ्यौं भने सहकारीताको माध्यमबाट आर्थिक क्रान्ति संभव छ भन्ने कुरा जापानको सहकारी विकासले देखाई सकेको छ । जापानीहरुमा एक परिवारका ५ मध्ये ४ जना कुनै न कुनै सहकारीमा आवद्ध हुनु, कृषिमा अकल्पनीय क्रान्ति गर्नु हाम्रा लागि ज्वलन्त उदाहरण हुन् । सहकारीमा मात्र र्समर्पण र अनुशासन चाहिन्छ, जसरी जापानीजहरु काम सुरु गर्नु अगाडि केहि बेर पर््रार्थना गर्दछन् र पर््रार्थनाको मूख्य सार नै त्यस दिनको काममा पुरै र्समर्पण व्यक्त गर्नु र अनुशासनको पर्ूण्ा पालना गर्ने अठोट व्यक्त गर्नु हो । अनौठो कुरा त के छ भने जापानमा कुनै संस्था धरासायी भयो भने वा धरासायी हुन आट्यो भने त्यस संस्थामा सहकारी संस्थाका सदस्यहरु पर्ठाईन्छ र Motivate  गरिन्छ ।

अव एकछिन नेतृत्वको कुरा उठाऔं:

"Vision without action is merely a dream,
Action without vision is just passes the time,
Vision with action can change the world"

नेतृत्वले जहिले पनि मानिसको दिल जित्नर्ुपर्दछ, मित्रवर व्यवहार गर्नुपर्दछ, चाडक्य नीतिमा उल्लेख भए झैं कुखुरा, गधा, बाघ, कौवा जस्ता पन्छि र जनावरबाट पनि पाठ सिक्नु पर्दछ । मानिसलाई जागृत बनाएर, शिक्षित तुल्याएर संगठित गर्ने र शक्तिमा बदलेर परियोजनामा उपयोग गर्न सक्ने खुवी नेतृत्वमा हुनर्ुपर्दछ । नेतृत्वको ४ वटा आँखा हुनर्ुपर्दछ; Intelligent, Imagination, Initiative, Innovation. यस्का लागि नेतृत्वसँग education, exposure र experience  हुनु पनि जरुरी छ । भनिन्छ नेता सबथोक देता कभि नहि लेता । 

"A leader is one who knows the way, goes the way and shows the way"

एउटा भनाई छ , सर- शिर, दार-त्याग अर्थात जसले शिर त्याग्न सक्छ उहि सरदार । त्यसरी नै कुनै प्रकारको गलत ढंगले लोभ लालच नगरी अगाडि बढ्न सक्ने व्यक्ति नै नेता हुन्छ र उसैले मात्र नेतृत्व लिन सक्छ ।

सहकारीमा नेतृत्वको अतेन्त ठूलो भूमिका हुन्छ । गलत नेतृत्वले संस्थ्ाा नै धराशायी हुनसक्छ । नेतृत्वको कुरा गर्दा चाहे त्यो संस्थाको अध्यक्ष होस् वा व्यवस्थापक । यी दुवैमा माथि उल्लेखित गुणहरु हृुनु नितान्त जरुरी छ । एउटाले नीति निर्माण तहमा विशेष भूमिका खेलेको हुन्छ भने अर्कोले व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी आर्थिक सम्वृद्धि प्रदान गर्ने । भनिन्छ, नेतृत्वमा बस्नेले  MOUTH बाट यस्तो शब्द  OUT गर्नुपर्छ कि जुन कुरा MIND मा क्ष्ल् होस् । त्यति मात्र होईन नेतृत्वमा रहनेले अर्काको कुरा पनि बहुत सुन्नु पर्दछ । प्रतिशतका आधारमा नेतृत्वमा रहनेले निम्न बमोजिम गर्नुपर्दछ भनेर पनि भन्ने गरेको पाईन्छ ।

Listening    -45%
Speaking    -30%
Reading    -16%
Writing    -9%

अझ परिस्थिति प्रतिकुल हुँदा त नबोलिकन पनि बस्नु पर्ने हुनसक्छ ।

हिन्दिमा एउटा कहावत छ,

"एक मौन सब दुःख हरे,
बोले नहि तो गुस्सा मरे"

यस्को मतलव नेतृत्व सधैं अर्काको कुरा मात्र सुन्ने र अरुको भरमा मात्र अगाडि बढ्ने चाहिँ पटक्कै भन्न खोजिएको होईन । त्यसो भयो भने संस्थ्ाागत समुन्नती हुन सक्दैन । खासगरी निम्न बमोजिमका गुणहरु नेतृत्वतहमा हुनै पर्दछ,

Courage to decide,
Will power to persist,
Initiative to be a self starter
Knowledge of the job,
Ability to deal with people,
Knowledge of the self.

अन्तमा संस्थ्ााको सफलताको लागि नेतृत्व तहमा हुनुपर्ने गुणलाई कृष्णको जस्तो दिव्यदृष्टि र अर्जुनको जस्तो धनु विद्यासँग जोड्दै अन्त गर्न चाहन्छु ।

"यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुधर,
तत्र श्री विजयो भूति ध्ुवो निर्तिमतिमर््य "


श्याम शंकर गिरी
(अध्यक्ष)
पुष्कर बचत तथा ऋण सहकारी संस्था लि.
सरस्वतीनगर, पेप्सीकोला
फो.नं ९८४१४९१६७९र्,र् इमेल-123giri@hotmail.com






News & Events

अध्ययन अवलोकन तथा तालिम कार्यक्रममा सहभागी हुन चाहने सदस्यको लागि सूचना

सूचना! सूचना!! सूचना!!!

संस्थागत बिकास तालिमबारे छोटो जानकारी

New Year 2072 Program

Fifth Annual Meeting Reports

Downloads

Contact Information

Pushkar Saving and Credit Co-operative Ltd.
Ka. Ma. Na. Pa. - 35, Pepsocola, Kathmandu, Nepal

+977-01-5156123

info@pushkarsaving.coop.np

www.pushkarsaving.coop.np