संस्थागत बिकास तालिमबारे छोटो जानकारी
नेपाल बचत तथा ऋण केन्द्रीय संघ (NEFSCUN) द्वारा यहि मिति २०७० साल जेष्ठ ५ गते देखि ७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्ला स्थित नगरकोटको होटल चौतारीमा आयोजित ३ दिने संस्थागत विकास तालिममा यस संस्थाका संचालक समिति,उप समितिका पदाधिकारीहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रम नेफस्कूनका तालिम अधिकृतद्वय श्री रामबाबु आचार्य र ललित सापकोटाले संचालन गर्नुभएको थियो । संस्था सुसंचालन र ब्यबस्थित गर्न अत्यन्तै उपयोगी सो तालिममा पल्र्स अनुगमन तथा बिश्लेषण पद्दति, SWOT बिश्लेषण,संस्थाको VISION र MISSION तयार पार्ने कार्य, (SMART) अर्थात Specific, Measurable, Achievable, Related to Measures and Time Bound तयार गर्ने, कार्य योजना तयार गर्ने लगायतका तालिम प्रदान गरिएको थियो । नेफस्कूनका अध्यक्ष श्री मिनराज कंडेलले तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरी कार्यक्रमको समापन गर्नुभएको थियो ।