Services
संस्थाबाट प्रदान गरिने सेवा तथा सुविधाहरुःपुष्कर बचत तथा ऋण सहकारी संस्थाले निम्न बमोजिमका सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस प्रकारका सेवा तथा सुविधाहरुलाई भविष्यमा अझ परिष्कृत गर्दै थप सेवा तथा सुविधाहरु प्रदान गर्ने लक्ष लिएको छ ।
- मनी ट्रान्सफर सेवाः
संसारका विभिन्न देशवाट आउने रेमिट्यान्सलाई संस्थाले विभिन्न मनी ट्रान्सफर सेवासँग संझौता गरी सहजै उपलब्ध गराउनुको साथै अन्तरदेशीय रेमिट्यान्स सेवालाई पनि संचालन गरेको छ ।
Money Transfer Services: Western Union Money Transfer, Prabhu Money Transfer, Himal Remit, Suryodaya Remit, Samsara Money Transfer, Money Gram, Boom Remit
- सदस्य राहत कोषः
संस्थाको सम्पूर्ण शेयर सदस्यहरुको अधिकतम् हितलाई ध्यानमा राखी संस्थाले तय गरेको न्यूनतम् प्रावधान पूरा गरेका सम्पूर्ण शेयर सदस्यहरुलाई तोकिए बमोजिम औषधोपचार खर्च, मृतक राहत, सुत्केरी राहत लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।
- Good For Payment:
विदेशमा अध्ययनमा जाने विद्यार्थीहरुको सुविधाको लागि Good for payment Check को सुविधा उपलब्ध गराइएको छ ।
- विभिन्न प्रकारका खाता खोल्न पाउने सुविधाः
निम्न बमोजमका खाता खोल्न पाउने सुविधा प्रदान गरिएको छ ।
- साधारण बचत खाता
- मासिक बचत खाता
- गृहलक्ष्मी बचत खाता
- शैक्षिक बचत खाता
- दैनिक बचत खाता
- मुद्धती बचत खाता -आवधिक तथा दोब्बर भुक्तानी खाता)
- विभिन्न प्रकारका कर्जा सुविधाः
निम्न बमोजमका कर्जा सुविधा उपलब्ध गराइएको छ ।
- व्यवसायिक कर्जा
- हायर पर्चेज कर्जा
- कृषि पर्चेज कर्जा
- घर निर्माण तथा मर्मत कर्जा
- सामूहिक जमानी कर्जा
- शैक्षिक कर्जा
- कार्यालय, पसल, घर दैलोबाटै बचत गर्न सकिने सुविधा
सदस्यहरुलाई पायक पर्ने स्थानबाटै दैनिक बचत गराउन सकिने सुविधा प्रदान गरिएको छ।